त्यो मुटुमा तस्बिर मेरो, टाँस्न ब्यर्थै नखोज है !!
बुझ्दिन म मायाप्रिती, गाँस्न ब्यर्थै नखोज है !!
मायाको त्यो डोरी उनी,पिरतिको जाल बुनी,
आजादी यो तिमी मेरो, मास्न ब्यर्थै नखोज है !!
बालापन कतै छोड्यौ,जवानीको घुम्टो ओढ्यौ,
त्यस्कै तीर ले यो मुटु, पास्न ब्यर्थै नखोज है !!
साथै जिउने मर्ने रहर, भन्छ्यौ डुलौ प्रेम नगर,
लोभलाग्दो दल्दलमा, भास्न ब्यर्थै नखोज है !!
निश्ठुरी नै सोच बरु, माया अर्कै खोज बरु,
भिजाएर परेली ती, हाँस्न ब्यर्थै नखोज है !!
Technology Predictions for 2010
8 hours ago


